
काठमाडौँ, २१ भाद्रै । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने हो भन्दै प्रश्न गरेको छन्।बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै थापाले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने हो भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गरेका हुन्।
उनले हिजो बुधबार खुकुरी आक्रमणमा परेर घाइतेकाँग्रेस सहमहामन्त्री महेन्द्र यादवको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीमाथि राम्रोसँग अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
‘उहाँ भाग्यले बाँच्नुभएको छ, उहाँले नछल्नुभएको भए जे पनि हुन्थ्यो। सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ। थामथुम पार्ने प्रयास हुँदैछ। यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ। राम्रोसँग अनुसन्धान होस्। यो संग जोडिएको सबै कुराको उजागर होस, ‘थापाले भने।’
त्यस्तै थापाले गृहमन्त्रीलाई काठमाडौंमा एक्लै हिँड्न नहुने हो भन्दै प्रश्न गरेका छन्। उनले काठमाडौँमा जलाउने भन्ने र खुकुरी हान्नेले गर्दा डर भएको बताए ।
‘गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो रु कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ।’
केही दिन अघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रै शाह (बालेन) ले सरकारलाई चोरको संज्ञा दिदै सिंहदरबार जलाइदिने धम्कि दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे