
अछाम , १२ चैत | अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। षोडशाबाट साँफेबगरतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर आज बिहान पौने १० बजे मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, २१ वर्षीय जनक धामी, १५ वर्षीय जनक धामी, ३७ वर्षीय नरबहादुर धामी र ४५ वर्षीय प्रेम धामी रहेका छन् । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी,४० वर्षीय हंस धामी र एक बालक घाइते भएका छन् ।
घाइते तीन जनाको उपचारका लागि लागि बयलपाटा अस्पताल लगिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे