२०८१ श्रावण १२, शनिबार
काठमाडौं, मङ्सिर १७ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यो मुल्य हालसम्मकै उच्च मुल्य हो । सुनको भाउ आज प्रतितोला १८ सय रुपैयाँले बढेको हो । शुक्रबार छापवाल सुन प्रतितोला एक लाख १९ हजार रहेको थियो ।
त्यस्तै, तेजाबी सुन तोलाको १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोको १५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे