२०८० मंसिर १७, आईतबार
सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई यथाशिघ्र मल उपलब्ध गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।
‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सम्बन्धमा सांसदहरुले उठाएका विषयमा ध्यानाकर्षण भएको छ,’ सभामुखले भन्नुभयो, ‘यथाशीघ्र किसानलाई मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न गराउन सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकार सँग माग गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे