२०८१ श्रावण १२, शनिबार
काठमाडौँ , ८ जेठ | सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन बसेको बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठकमा कानूनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी थिए ।
मङ्गलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले आज पनि कार्यादेशको टुङ्गो लगाउन नसकेको हो । बैठकमा विभिन्न विकल्पबारे छलफल भएको भए पनि निष्कर्षमा भने पुगिनसकेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । मन्त्री गिरीले आजको कार्यदलको बैठक सकारात्मक भएको जानकारी दिए ।
उनले सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्नेमा सहमति बनेको बतासत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबित समिति गठन गर्ने सहमति भएपनि त्यो समितिको कार्यादेशमा गृहमन्त्रीको नाम समावेश गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद छ । मन्त्री गिरीले आजको कार्यदलको बैठक सकारात्मक भएको जानकारी दिए। उनले सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्नेमा सहमति बनेको बताए ।
सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबित समिति गठन गर्ने सहमति भएपनि त्यो समितिको कार्यादेशमा गृहमन्त्रीको नाम समावेश गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे