२०८१ श्रावण १२, शनिबार
एजेन्सी | रुसमा भएको राष्ट्रपति चुनावमा पुटिनको जित सुनिश्चित भएको छ । तीन दिनदेखि भइरहेको मतदान अनुसार ८७ प्रतिशत भोट पुटिनको पक्षमा भएको विश्वास गरिएको छ । राष्ट्रपति पदका लागि रुसमा गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो ।
यो जितसँगै राष्ट्रपति पुटिनले पाँचौ कार्यकाललाई निरन्तरता दिएर सन् २०३० सम्म सत्तामा रहने हुने भएका छन । सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन ९एफओएम०को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जुन रुसको इतिहासकै सबैभन्दा ठूलो परिणाम हो ।
पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिदैं विजय उत्सव मनाउन शुरु गरिसक्नुभएको बीबीसीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे