२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, चैत ३० । राष्ट्रिय सभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो सवा १ बजे बस्दैछ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे