२०८१ श्रावण १२, शनिबार
काठमाडौं, २० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । राष्ट्रपति पौडेल आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर आज भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
भूकम्पकै कारण कात्तिक २३ देखि राष्ट्रपति पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेको उनको भनाइ छ ।
मन्त्रिपरिषदको गत कात्तिक १६ गतेको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो भने जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।
नेपाल र नेपाली जनताको निम्ती अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले ती मुलुकको भ्रमण स्थगित गरेको पोखरेलले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे