२०८१ श्रावण १२, शनिबार
विराटनगर , चैत ६। जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले प्रसिद्ध कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई पुरस्कृत गर्ने भएको छ । झापामा स्थापित उक्त प्रतिष्ठानले ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८०’ बाट मह जोडीलाई पुरस्कृत गर्ने भएको हो ।
उक्त पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ । प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतका अनुसार उक्त पुरस्कार बुधबार आयोजना हुने विशेष कार्यक्रमका बीच कलाकार जोडीलाई प्रदान गरिने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे