२०८१ श्रावण १२, शनिबार
काठमाडौं, ०३ वैशाख । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खादा र टीकासहित स्वागत गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील सदस्य रहेका विश्वदीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेसपा छोडेको घोषणा गरे ।
उनी माओवादीको सशस्त्र युद्धदेखि नै बाबुराम भट्टराईको स्वकीय सचिव थिए ।पाण्डेले सोमबार बिहान नेसपा पार्टी छोडेरे माओवादी प्रवेश गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे