२०८१ श्रावण १२, शनिबार
काठमाडौं, २ कार्तिक । त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
१४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ रन जोडेका थिए । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।
हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।नेपालले बुधबार पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे