२०८१ श्रावण १२, शनिबार
डोटी ,कात्तिक १९ | डोटीमा जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप गएराति २ बजे शिखर नगरपालिका केआई सिंह राजमार्गमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
जिपमा चालकसहित १० जना सवार थिए । दुर्घटना परि ४ जनाको घटना स्थलमा मृत्यु भएको र ५ जना घाइतेहरुको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भैरहेको छ । जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा बाजुराको हिमाली गाँउपालिका वडा नं ५ बस्ने २२ बर्षीया राधिका मलाल, ३२ बर्षीया धनशोभा बुढा, उनको ६ बर्षीय छोरा कबिन्द्र बुढा, सोही गाँउकी बिमला मलालकी ८ महिने शिशु प्राथना मलाल रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे