२०८१ श्रावण १२, शनिबार
काठमाडौँ १४ वैशाख | नेपाल प्रहरीले १ हजार ७६८।२५ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अपराध अनुसन्धान खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रवार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू , भारतको महाराष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका वर्ष १८ का प्रकाश विभूती र गणेशसतिस बाल्टे रहेको डिएसपी सुरक्षा केसीले बताए।
गोप्य सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा–२४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम प्रहरीले बरामद गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे