२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, १३ कार्तिक । ट्राफिक प्रहरीले चेकिङका क्रममा नागरिक एपमा देखाउने सवारी चालक अनुमति पत्र (लाइसेन्स)लाई मान्यता दिने भएको छ।
नागरिक एपले आफनो आधिकारिक फेसबुक पेजमार्फत् सूचना जारी गर्दै सरकारले अब ट्राफिक चेकिङका क्रममा नागरिक एपमा देखाएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको जनाकारी दिएको हो ।
‘आदरणीय सेवाग्राहीहरु, नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ। सूचनामा भनिएको छ, ‘यदि नागरिक एपमा तपाईंको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे