२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, वैशाख १७ । आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डले खेलाडी टोलीको घोषणा गरेको छ । न्यूजिल्याण्ड बोर्डले सोमबार बिहान १५ सदस्यीय टोली घोषणा गरेको हो । बोर्डले प्रतियोगिताका लागि टिम किट पनि सार्वजनिक गरेको छ ।
न्युजिल्यान्ड विश्वकपको समूह ‘सी’ मा रहेको छ । यसपटक टी–२० विश्वकपमा कुल २० टोलीको सहभागिता रहेको छ । टी–२० विश्वकप २०२४ को उदघाटन खेल क्यानडा र घरेलु टोली अमेरिकाबिच हुनेछ । खेल जुन १ मा डलासमा मात्र हुनेछ ।
न्युजिल्यान्ड टोली
केन विलियम्सन ९कप्तान०, फिन एलन, ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर, माइकल ब्रेसवेल, लोकी फर्गुसन, मार्क च्यापम्यान, डिभोन कोन्वे, म्याट हेनरी, ड्यारिल मिचेल, जिमी निशम, रचिन रविन्द्र, इश सोधी र टिम साउथी ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे