२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, मङ्सिर ५ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका एक महिने शिशुको निधन भएको छ । जाजरकोट भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन भएको हो ।
तीन दिनअघि निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको हो । चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे