२०८१ श्रावण १२, शनिबार
काठमाडौं, मङ्सिर ११ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेका छोरालाई निःशुल्क पढाइदिने भएका छन् । वि।सं। २०७७ जेठमा नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी चालिसेको भएको थियो ।
चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका मात्र थिए । मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले बेहोर्ने भएका छन् । आज सफललाई काठमाडौंको टोखा–९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका छन् । पठनपाठनको खर्चस्वरुप आज ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे