२०८१ श्रावण १२, शनिबार
काठमाडौँ , ६ वैशाख | आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदै छ ।सरकारले आज र भोलि (वैशाख ६ र ७ )गते भिटामिन ए कार्यक्रम सञ्चालन गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले सूचना निकाल्दै वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका थिए ।
भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई खुवाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार करिब २९ लाख बालबालिकालाई भिटामिन ए ३२ र जुकाको औषधि खुवाइने छ । आजै बालबालिकालाई छुट खोप पनि लगाइने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे