२०८१ श्रावण १२, शनिबार
काठमाडौं, कात्तिक १३। बाराको कलैयामा स्कुल सञ्चालकमाथी गोली प्रहार भएको छ । कलैया उपमहानगरपालिका ६ मा रहेको बाल एकता इङलिस बोर्डिङ स्कुलका संचालक रुपेश सराफमाथी गोली प्रहार भएको हो ।
मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले गोली हानेका थिए । उनको टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ । बारा प्रहरीका अनुसार अज्ञाथ समुहले चलाएको गोली लागेर स्कुल सञ्चालक रुपेश सराफमाथी गम्भिर घाइते भएका छन् ।
सराफलाई थप उपचारको लागि वीरगन्ज लगिएको छ । गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे