
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक प्रतिद्वन्द्वी जोहरन मम्दानीले न्यूयोर्क सिटीको मेयर चुनाव जित्दै ऐतिहासिक सफलता हात पारेका छन्। मम्दानीले पूर्व राज्यपाल एन्ड्र्यू कुमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई हराउँदै सहरको पहिलो भारतीय मूलका मुस्लिम मेयरको रूपमा नाम लेखाएका हुन्।
३४ वर्षीय मम्दानी, जो हालसम्म क्विन्सका राज्य सभा सदस्यका रूपमा परिचित थिए, गत वर्ष ‘प्रोटेस्ट क्यान्डिडेट’का रूपमा चुनावी मैदानमा उत्रिएका थिए। उनी अब मेयर एरिक एडम्सको स्थान लिनेछन्, जसले गत सेप्टेम्बरमा पुनःनिर्वाचनको दौडबाट नाम फिर्ता लिए पनि मतपत्रमा रहेका थिए।
यस पटकको चुनावमा दुई मिलियनभन्दा बढी मतदाताको सहभागिता रहेको छ, जुन सन् १९६९ पछि सबैभन्दा उच्च हो। मम्दानीको विजयीले अमेरिकी राजनीतिमा नयाँ पुस्ता र विविधताको प्रतिनिधित्वलाई बल दिएको विश्लेषण गरिएको छ।
यता, ट्रम्पले मम्दानीको जितलाई ‘सरकारी बन्द’का कारण भएको भन्दै बेवास्ता गरेका छन्। उनले रिपब्लिकनको हारको दोष आफूमा नभई राजनीतिक परिस्थितिलाई दिएका छन्। चुनावअघि ट्रम्पले मम्दानीलाई “कम्युनिष्ट पागल” र “न्यूयोर्कका लागि खतरा”सम्म भनेका थिए।
मम्दानीले भने आफू “न्यूयोर्करहरूको पक्षमा दृढ रहने” र “राष्ट्रपतिको दबाबमा नझुक्ने” बताएका छन्।
न्यूयोर्क सिटी विश्वकै प्रभावशाली महानगरमध्ये एक हो, जसको वार्षिक बजेट करिब ११६ अर्ब डलर छ र ८० लाखभन्दा बढी जनसंख्या रहेको छ। मेयरको भूमिकालाई आर्थिक, सांस्कृतिक र प्रविधिक नेतृत्वको दृष्टिले अत्यन्त महŒवपूर्ण मानिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे