
काठमाडौँ । ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई प्रहरीले फेरि पक्राउ गरेको छ। उनलाई सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनी लामो समयदेखि गुण्डागर्दी र धम्की दिने जस्ता गतिविधिमा संलग्न रहँदै आएका छन्।
गुरुङ यसअघि पनि पटक–पटक पक्राउ परेर छुट्दै आएका व्यक्ति हुन्। ०८० साल असारमा ठमेलको एक क्लबका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ पर्दा उनलाई हत्कडी लगाएर सार्वजनिक रूपमा देखाइएको थियो।
त्यतिबेला जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई अभद्र व्यवहारको मुद्दामा १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो। त्यसपछि पनि उनी कुटपिट र असुली जस्ता घटनामा संलग्न हुँदै आएको प्रहरीको भनाइ छ। अहिले फेरि त्यही गतिविधिका कारण उनलाई पक्राउ गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे