
काठमाडौँ । विराटनगरमा महेश बस्नेत सवार गाडीमा युवाहरुले रातो मसी फ्याँकेको घटना भएको छ। प्रहरीका अनुसार, महेश बस्नेत सवार कार प्रहरी भ्यानको पछाडि जाँदै गर्दा सडक किनारमा रहेका केही युवाहरुले कारमा रातो मसी प्रहार गरेका थिए। बस्नेत आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाँदै थिए र इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत गएका थिए।
घटनापछि प्रहरीको छानबिनमा दुई जना युवालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।
प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लैजाँदा समेत ती युवाहरुले महेश बस्नेतविरुद्ध नारा लगाएको दृश्य भिडियोमा देखिएको छ। प्रहरीले हाल अवस्था सामान्य रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे