
काठमाडौँ, माघ १ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । यति एयरलाइन्स ATR 72 को विमान पोखरामा दुर्घटना भएको छ।
आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे