
काठमाडौँ, १४ जेठ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिट पिटीशनको सुनुवाई बुधबार हुनेछ। पौडेलविरुद्धको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ तोकिएको छ।
अधिवक्ता अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमा पौडेलको नियुक्तिलाई चुनौती दिइएको छ। उनीहरूको दाबी अनुसार, नेपाल राष्ट्र बैंक ऐन २०५८ ले गभर्नरमा नियुक्त हुन विशेष योग्यता अपेक्षा गरेको छ, तर पौडेलसँग त्यस्तो विज्ञता नभएको आरोप लगाइएको छ।
यसरी नै, पौडेलको गभर्नरमा सिफारिस, नियुक्ति र शपथ ग्रहण प्रक्रियालाई कानूनविपरीत भएको आरोप लगाइएको छ। यसले गर्दा उनको नियुक्ति रोकिने माग गरिएको छ। अदालतले यस मुद्दामा बुधबार सुनुवाइ गरी केही निर्णय दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे