
काठमाडौँ, १२ पौष । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबिरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले बिहीबार उक्त रिट दर्ता गरेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर, गर्भनर अधिकारीको योग्यता ऐन बमोजिमको नभएको भन्दै उनको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका हुन्।
गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको रिटमा उल्लेख छ । चार्टर्ड एकाउण्टेण्टलाई स्नातकोत्तर वा सो सरहको मान्यता नभएको दाबी रिटमा गरिएको छ ।
रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।
रिटको पेसी भोली शुक्रबार बिहान १० बजेका लागि तोकेको छ ।
अधिकारीलाई नेपाल सरकारले ०७६ चैत २४ मा गभर्नर नियुक्त गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे