
काठमाडौँ , १ फागुन । आज विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका माध्यमबाट विश्व रेडियो दिवस मनाइँदै छ। युनेस्कोको आह्वानमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र त्यसको अनुकूलनबारे सचेतना फैलाउन रेडियो कार्यक्रमहरू प्रसारण हुँदैछन्।
सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रहरूले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसको रूपमा मनाउन प्रस्ताव गरेका थिए, र २०१२ मा राष्ट्रसङ्घीय महासभाले यसलाई स्वीकृत गरेपछि यो दिवस मनाउन थालिएको हो।
रेडियो लोकतान्त्रिक बहसको शक्तिशाली माध्यम मानिन्छ र यो आमसञ्चारको सशक्त स्रोत हो। रेडियो विश्वभर सबैभन्दा बढी सुनिने र व्यापक श्रोतासम्म पुग्ने माध्यम हो। यसले समाजमा विविधता र एकता कायम राख्न, आवाजविहीनहरूको आवाज उठाउन र विभिन्न समुदायका प्रतिनिधित्व गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ।
विपत्तिका समयमा र ग्रामीण क्षेत्रका सर्वसाधारणको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा प्रदान गर्दै सामाजिक परिवर्तनमा सकारात्मक भूमिका खेलिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे