
काठमाडौँ , ५ वैशाख । सन् २०२५ को विश्व प्रेस फोटो अफ द इयर पुरस्कार कतारमा बसोबास गर्ने फलिस्तिनी फोटोग्राफर समर अबू एलौफको महमूद अज्जोर, नाइन इयर्स ओल्डु नामक तस्बीरलाई प्रदान गरिएको छ। यो तस्बीरमा गाजा सिटीका ९ वर्षीय महमूदलाई देखाइएको छ, जसले मार्च २०२४ मा इजरायली आक्रमणमा दुवै हात गुमाएका थिए। उनको परिवारसँगै भाग्दा विस्फोटमा परेर महमूदको दायाँ हात उडेको र बाँया हात गम्भीर घाइते भएको थियो। हाल उनी दोहामा उपचाररत छन् र आफ्नो खुट्टाले दैनिक कार्य गर्दैछन्।
प्रतिष्ठित फोटो पत्रकारिताको ६८औँ संस्करणको विजेता एक सय ४१ देशका तीन हजार सात सय ७८ फोटोग्राफरले पेस गरेको ५९ हजार तीन सय २० प्रविष्टिबाट चयन गरिएको थियो । यो तस्बीरलाई निर्णायक मण्डलले गहिरो कथन र ऐतिहासिक सन्दर्भका कारण उच्च मूल्याङ्कन गरेको छ। विश्व प्रेस फोटो प्रतियोगितामा ५९,३२० तस्बीरहरू प्रस्तुत भएका थिए, जसमा महमूदको तस्बीरले प्रमुख स्थान ओगटेको छ।
समर अबू एलौफलाई १०,००० युरो नगद पुरस्कार र क्यामेरा र लेन्सहरूको सेट प्रदान गरिएको छ। यो पुरस्कार १७ अप्रिल २०२५ मा एम्स्टर्डमको म्भ ल्ष्भगधभ प्भचप मा आयोजित एक समारोहमा घोषणा गरिएको हो। यस वर्षको पुरस्कार समारोह विश्व प्रेस फोटोको ७० औं वार्षिकोत्सवको अवसरमा गरिएको हो। इजरायलले हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि गाजामा विनाशकारी आक्रमण सुरु गरेको थियो । अक्टोबर ७ मा हजारौँ लडाकूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे