
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ। यो जितसँगै नेपालले नेदरल्याण्ड्समाथि लगातार दोस्रो जित दर्ता गर्यो। स्कटल्याण्डको डन्डीस्थित फोर्टहिल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनायो। पेनाल्टीस्वरूप १० रन दिँदा नेदरल्याण्ड्सलाई २२७ रनको लक्ष्य दिइयो, तर उनीहरू ४९.२ ओभरमा २२० रनमै समेटिए।
नेपालका लागि नन्दन यादव र सन्दीप यादवले ३-३ विकेट लिए भने ललित राजवंशीले २, करण केसी र कुशल भुर्तेलले १-१ विकेट लिए। ब्याटिङमा आरिफ शेखले ८५ बलमा ८४ रन बनाए, भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन जोडे।
नेदरल्याण्ड्सका वेस्ली बारेसीले ३६, कप्तान स्कट एडवार्डसले ३० रन बनाए। यो जितसँगै नेपालले चारमध्ये तीन खेल जितेको छ। लिग–२ मा नेपाल १६ खेलमा १२ अंकसहित सातौं स्थानमा छ, नेदरल्याण्ड्स २३ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे