
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत चौथो श्रृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन्। यो खेल स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ।
नेपालले यस श्रृङ्खलामा हालसम्म ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई रोमाञ्चक एक विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्समाथि पाँच विकेटको सहज जित दर्ता गरेको थियो। तर तेस्रो खेलमा नेपालले स्कटल्यान्डसँग मात्र दुई रनले पराजय भोग्नुपरेको थियो।
नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म भएका ६ एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) खेलमध्ये दुबै टोलीले ३–३ खेलमा जित हात पारेका छन्। आजको खेल दुबै टिमका लागि बराबरी तोड्ने मौका हुने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे