
काठमाडौँ, २ पुस । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दैछन् ।खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे हुनेछ ।
मोरक्को र क्रोएसिया शनिबार तेस्रो स्थान हासिल गर्दै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।
अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो भने साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो ।मोरक्को र क्रोएसियाबीच भएको समूह चरणको भिडन्त गोलरहित बराबरीमा सकिएको थियो ।उनीहरूको इतिहास बनाउने दौडले उनीहरू सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको देख्यो, तर उनीहरू बुधबार फ्रान्ससँग पराजित भए।
प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे