
काठमाडौँ, ३ पुस । कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ को फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ ।
यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो ।अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । अर्जेन्टिना ३६ वर्षपछि विश्वकप जित्ने तयारीमा छ । फ्रान्सले भने सन् १९९८ र २०१८ को विश्वकप जितेको थियो ।
साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे