
काठमाडौँ । विश्व बैंक ले नेपालमा वायु प्रदूषण घटाउन र हावाको गुणस्तर सुधार्न करिब ७ अर्ब ७ करोड २० लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ। यो रकम ‘नेपाल क्लिन एयर एन्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालनका लागि प्रयोग गरिने छ।
परियोजना विशेषगरी प्रदूषणको उच्च जोखिम भएको काठमाण्डु उपत्यका र तराई क्षेत्रका केही भागमा केन्द्रित हुनेछ। यसको मुख्य उद्देश्य उद्योग तथा व्यवसायिक क्षेत्रमा निस्कने धुवाँ र प्रदूषण घटाउनु र देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई बलियो बनाउनु हो।
परियोजनाले विशेष गरी उद्योग र व्यापारमा प्रयोग हुने बोइलर तथा भट्टीबाट निस्कने हानिकारक सूक्ष्म कण ९एःद्द।छ० घटाउन सहयोग गर्नेछ। करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ।
यो कार्यक्रम उद्योग विभाग, वन तथा वातावरण मन्त्रालय र वातावरण विभागमार्फत कार्यान्वयन गरिनेछ। विश्व बैंकका अनुसार यस परियोजनाले प्रदूषण कम गर्नुका साथै स्वास्थ्य र वातावरण सुधारमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे