
काठमाडौँ — आज विश्वभर जस्तै नेपालमा पनि ‘विश्व एड्स दिवस’ मनाइँदैछ। प्रत्येक वर्ष डिसेम्बर १ मा यो दिवस मनाइन्छ, जसको उद्देश्य एचआईभीरएड्सबारे जनचेतना फैलाउने, संक्रमण रोकथामका उपाय बताउने र संक्रमित व्यक्तिप्रति भेदभाव घटाउने हो।
यस वर्ष विभिन्न सरकारी निकाय, स्वास्थ्य संस्था, गैरसरकारी संगठन र विद्यार्थी समूहहरूले र्याली, परामर्श कार्यक्रम, रक्त परीक्षण सेवा र सचेतना सन्देशका कार्यक्रम सञ्चालन गरेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा एचआईभी संक्रमण दर क्रमशः घट्दो क्रममा छ, तर जोखिम अझै पनि विद्यमान रहेको भन्दै सुरक्षित व्यवहार, सुरक्षित यौन सम्बन्ध र नियमित परीक्षणलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
विशेषगरी जोखिम समूह— एलजीबीटीआईक्यूं, यौनकर्मी, ड्रग्स प्रयोगकर्ताहरू, विदेशिएका मजदुरहरू र उनीहरूका परिवार—लाई लक्ष्य बनाएर सचेतना तथा उपचार कार्यक्रम सञ्चालन भइरहेको छ। सरकारले मुफ्त एचआईभी परीक्षण र औषधि ९एआरटी० उपलब्ध गराइरहेको छ।
सचेतना अभियन्ताहरूका अनुसार एड्स अब मृत्युको कारण बन्नुपर्ने रोग होइन। समयमै परीक्षण, सही उपचार र भेदभावरहित सामाजिक वातावरण भएमा संक्रमित व्यक्तिहरू सामान्य जीवन बाँच्न सक्छन्।
विश्व एड्स दिवसका अवसरमा विशेषज्ञहरूले सबैलाई “पहिचान, उपचार र रोकथाम” मा जोड दिँदै एचआईभी सम्बन्धी अफवाह र गलत धारणाबाट टाढा रहन आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे