
काठमाडौँ , ६ असार | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताएका छन् । काठमाडौंमा आज आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै महिलाहरूबीच मात्र प्रतिस्पर्धा हुने गरी निर्वाचन क्षेत्र बनाएर जान सकिने बताएका छन्।
देउवाले प्रत्यक्षतर्फ चुनाव लड्न महिलाहरूका लागि निर्वाचन क्षेत्र तय गरेर जान सकिने बताएका छन् । उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताए ।
देउवाले अरू पार्टीका महिलाहरू निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भई जिते पनि कांग्रेसमा कम संख्यामा मात्र जित्ने गरेको बताए । उनले नेपाली कांग्रेसभित्र महिलाहरूमा अन्तरघातको रोग रहेको र यो रोग रोगबाट मुक्त भएमा महिलाहरुलाई अझ बढी मौका मिल्ने उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे