
काठमाडौा, २१ भाद्र । महिला साफ च्याम्पियनसिप २०२२ आजदेखि सुरू हुँदैछ । दशरथ रंगाशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रतियोगिताको उद्घाटन गर्ने छन् । उद्घाटन खेलमा घरेलु टिम नेपाल र भुटान प्रतिस्पर्धा गदैछन् ।
साँझ साढे ५ बजे हुने पहिलो खेलमा भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्षसहित नेपाल आजको खेलमा मैदान उत्रिनेछ ।
दक्षिण एसियाका सातै देशको सहभागिता रहने प्रतियोगितालाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेल हुनेछ ।
समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र भुटान छन् भने समूह ‘बी’ मा भारत, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे