
काठमाडौँ, १२ चैत । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रधानमन्त्रीले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ ।बैठकले संविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ । विमली २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यको रूपमा निर्वाचित भएका थिए । उनको यही ७ चैतमा निधन भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे