
काठमाडौं ,२ जेठ । कुनै समयमा एक अर्काको मुख समेत हेर्न नचाहने प्रमुख दलका शीर्ष नेताको भेटघाट एवं छलफल ह्वातै बढेपछि शंकाको नजरले हेरिनथालिएको छ । नेपाली नक्कली शरणार्थी प्रकरण’bout अनुसन्धान चलिरहेका बेला प्रमुख तीन दलका अध्यक्षबीच पछिल्लो समय दैनिक भेटघाट हुने गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण’bout अनुसन्धान चलिरहँदा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाटलाई लिएर संसदमा प्रश्न उठेको छ । विभिन्न पार्टीका सांसदले सो भेटघाटलाई शंकाको नजरले हेर्दै प्रश्न उठाएका छन् ।
उता समाजिक सञ्चालमा समेत सर्वसधारणले शंकाको नजरले हेर्दै प्रश्न उठाउँदै भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने दबाब दिँदै आएका छन् । सर्वसधारण एवं विभिन्न दल निकटका भ्रातृसंगठनले काठमाडौंसहित देशका विभिन्न ठाउँमा दिनहुँ जसो दबाब जुलुस निकाल्दै भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै संरक्षण नगर्न चेतावनी दिएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ भन्दा बढी पक्राउ परेका छन् । कतिपय नेताका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको र केही फरार सूचीमा रहेका छन् । आरोपित यिनीहरूका सम्बन्ध शीर्ष नेतासँग छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे