
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच आपसी सहकार्य र एकताबारे सात बुँदे सहमति भएको छ। आइतबार रातिदेखि चलेको लामो छलफलपछि सोमबार बिहान दुवै पक्षबीच सहमति जुटेको हो। सहमतिमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन शाहले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन्। आउँदो प्रतिनिधिसभा निर्वाचनपछि भने संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने भएको छ।
सात बुँदे सहमतिमा भ्रष्टाचार र कुशासनविरुद्ध भएको जेन–जी आन्दोलनको सम्मान गर्दै घाइते र सहिद परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ। आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित नीतिगत र संरचनात्मक सुधार गर्ने उल्लेख छ। सम्झौताको पहिलो बुँदामा नवयुवा९जेनजी०ले भ्रष्टाचार र कुशासनको विरुद्धमा गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । उनीहरुले घाइते र शहिद परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
दोस्रो बुँदामा समुन्नत र सामाजिक न्यायका लागि प्रतिवद्धता जनाउदै नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने भनेका छन् । उनीहरुले नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा इमान्दार भएर समर्पित हुने भनेका छन् ।पार्टी संगठनलाई सक्षम बनाउन युवाहरू र विज्ञलाई समेटिने, निर्वाचन आयोगमा आवश्यक कागजात अद्यावधिक गर्ने र अन्य वैकल्पिक राजनीतिक शक्तिलाई पनि सहकार्यका लागि आह्वान गर्ने सहमतिमा उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे