
काठमाडौँ, वैशाख ४ ।इनयुनि ग्लोबल र वेबस्टर युनिभर्सिटीले यसै साता राजधानीको संकर होटलमा एन्युल एजेन्ट एप्रिसीयसन सेमिनार सम्पन्न गरेको छ ।
सेमिनारमा इनयुनि ग्लोबल का यु यस पाट्नर्स रहेका जेम्स भेगसले उपस्थित सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूमा स्वागत मन्तव्य व्यक्त गर्दै वेबस्टर युनिभर्सिटीले प्रदान गर्दै आएको गुणस्तरीय शैक्षिक सेवा र ईन यु नि ग्लोवलको एजेन्ट फोकस सर्भिसेजका बारेमा सम्बोधन गरेका थिए।
सेमिनारमा वेबस्टर युनिभर्सिटीका एसीस्टेन्ट भाइस प्रिसिडेन्ट ईन्टरनेस्नल ईनरोलमेन्ट, सम्राट राए चौधरीले वेबस्टर युनिभर्सिटी र नेपाली एजेन्टहरूले युनिभर्सिटी प्रती गरेको बिश्वासको सरानाह गर्दै धन्यवाद व्यक्त गर्नु भयो। साथै आउने दिनमा सबै शैक्षिक परामर्श व्यवसायीहरू संग हातेमालो गरेर आगाडी बढ्ने कुरामा जोड दिनु भयो।
उक्त कार्यक्रममा इन्डिया कन्ट्रि मेनेजर दिप राज गहतराजले इन्डीया बाट वेबस्टर युनिभर्सिटी गयका विद्यार्थीहरु पनि सन्तुष्ट रहेको जानकारी प्रदान गर्नु भएको थियो।
सेमिनारमा वेबस्टर युनिभर्सिटीमा अध्ययन गरेकी पुर्व विद्यार्थी जस्वानी राना ले आफ्ना अनुभव सुनाएकी थिईन साथै सोही युनिभर्सिटीमा कार्यरत रहदाको अनुभव सुनाउदै खुशी समेत व्यक्त गरेकी थिईन। सेमिनारमा साऊथ ईस्ट एसिया र नेपालका म्यानेजर सुवास थापाले कार्यक्रमलाई सन्चालन गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे