
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको बताएको छ । कोशी प्रदेशका धेरै भागमा मनसुनी वायुको असर रहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने छ भने अन्य भागमा सफा देखि आंशिक बदली रहने छ । यी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपात पनि हुन सक्छ ।
राति देशभर आंशिकदेखि साधारण बदली रही केही स्थानमा वर्षा र मेघगर्जनको सम्भावना रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे