
काठमाडौँ– जल तथा मौसम पूर्वानुमान विभागले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग, साथै लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको बताएको छ। पश्चिमी नेपालमा पश्चिमी र स्थानीय वायुको असर छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुने, कोशी, बागमती र गण्डकीका केही क्षेत्रमा गर्जन्-चम्किनसहित हल्का देखि मध्यम वर्षा सम्भावना छ। यी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने, भने उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिमका पहाडी भाग तथा अन्य क्षेत्रका एकदुई स्थानमा गर्जन्-चम्किनसहित हल्का देखि मध्यम वर्षा हुने देखिएको छ। कोशीका एकदुई ठाउँमा भारी वर्षा, उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे