
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ ऐतिहासिक र रूपान्तरणकारी हुने दाबी गरेका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न सरकार सुशासनका काममा केन्द्रित रहेको बताए।
उनले भने, ‘हामी निजी क्षेत्रविरोधी होइनौँ, मुलुकको अर्थतन्त्रलाई सुधार्ने दिशामा काम भइरहेछ। हल्ला र अफवाहमा नलागौँ।’ केही अनुसन्धानहरू अन्तिम चरणमा पुगेका छन् र अपराध गर्नेहरूलाई सजाय हुने तर प्रतिशोध नलिइने उनले स्पष्ट पारे।
सरकार निजी क्षेत्रमैत्री रहेको भन्दै उनले पहिलो निर्णयले यसको पुष्टि गर्ने बताए। शेयर बजारप्रति पनि सरकार उदार रहेको र घोषणापत्रमा स्पष्ट दृष्टिकोण रहेको उनले बताए।
भेटमा ब्रोकर प्रतिनिधिहरूले बजारमा फैलिएका अफवाहले साना लगानीकर्तालाई त्रसित बनाएको गुनासो गरे। उनीहरूले संस्थागत लगानीकर्ताका लागि सहज वातावरण र पूँजीबजार सुधार कार्यदलका सुझाव कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे