
काठमाडौँ, १६ असोज । काठमाडौँ महानगरपालिकाले दशैं विदामा पनि स्वास्थ्य सेवा दिने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको बताएका छन्।
साहले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको पनि बताए।
उनका अनुसार महानगरअन्तरगत नजिकको स्वास्थ स्वयं सेवकमार्फत सिटामोल र जीवनजल प्राप्त गर्न सकिने छ।
२४ घण्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ भने ११८० मा फोन गरेर डेंगुको बारेमा पनि जानकारी लिन सकिने साहको भनाइ छ ।
१०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न पनि सकिनेछ ।
देशभर डेंगुका विरामी बढेसँगै महानगरले उपचार तथा रोकथामका लागी सक्रियता बढाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे