
काठमाडौं,४ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको अभियोगमा बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश वादेलाई नियन्त्रणमा लिएको छ ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले वडा अध्यक्ष बादेलाई पक्राउ गरेको हो।
आयोगले अध्यक्ष बादेबाट सेवाग्राहीसँग लिएको १५ लाख रुपैयाँ, स्रोत नखुलेको दस हजार जापानी येन, एक सय अमेरिकी डलर र हुण्डाइ आइ टेन पनि बरामद गरेको छ ।
चालक पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे