
काठमाडौँ, जेठ २० । नेकपा (एमाले) मकवानपुरको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।नेकपा एमाले मकवानपुरको १२औं अधिवेशनअन्तर्गत् आज आइतबार नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान १ बजेदेखि हुँदैछ । अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। उम्मेदवार श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल र इन्द्रमान स्याङ्तानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका थिए ।
सचिवमा सुमित्रा काफ्ले, नरहरि महत, राजन थापा, मदनकुमार दहाल र सीता बिष्टले उम्मेदवारी दिएका छन् भने उपसचिव खुल्ला पदमा इन्द्र नेपाल, कृष्णप्रसाद चौलागाईं, दीपक खड्का, फुर्वादोर्जे लामा, खेमराज जर्गा मगर र उपसचिव महिला पदमा कल्पना बलामी, जुना दहाल, आरती पाठक, पार्वती रानाले उम्मेदवारी दिएका छन् ।
जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यबाट अधिवेशनका लागि प्रतिनिधि चयन गरिएको छ । कुल ७६९ जना अधिवेशन प्रतिनिधि रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे