
काठमाडौं, पुस ६ | सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सम्पन्न भएको छ ।बिहान ८ बजेदेखि सुरु भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। संसदीय दलको नेता चयनका लागि ८९ जना सांसदले मतदान गरेका छन्।
अब केहीबेरमा मतगणना सुरू हुनेछ ।संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे