
काठमाडौं । आजदेखि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम फेरि सुरु भएको छ। निर्वाचन आयोगले यसअघि प्रतिनिधिसभा चुनावको तयारीका कारण मङ्सिर ६ गतेदेखि यो काम रोकेको थियो, तर चैत १८ को निर्णयपछि पुनः सुरु गरिएको हो।
अब राष्ट्रिय परिचयपत्र भएका नागरिकले अनलाइनबाटै सजिलै नाम दर्ता गर्न सक्नेछन्। जसको राष्ट्रिय परिचयपत्र छैन, उनीहरूले ‘प्रि–इनरोलमेन्ट’ फारम भरेर फोटो र औंठाछापसहित नजिकको निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्छ।
यसका साथै, नामावलीमा भएका गल्ती सच्याउने, दोहोरो नाम हटाउने, ठेगाना मिलाउने जस्ता काम पनि अनलाइनबाट गर्न सकिन्छ। आयोगले सबैलाई सक्रिय रूपमा सहभागिता जनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे