
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि मतदाता नामावली संकलन सुरु गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशमार्फत कानुन संशोधन गरेपछि निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नाम दर्ता खुला गरेको हो। १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूले बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सक्नेछन्।
आयोगले आफ्नो वेबसाइटबाट ‘प्रि–रजिस्ट्रेशन’ गरी फाराम भरेर कार्यालयमा जैविक विवरण ९फिङ्गरप्रिन्ट, फोटो० दिन अनुरोध गरेको छ। पहिल्यै नाम दर्ता गरिसकेकाहरूले आवश्यक परे विवरण सच्याउन पनि यही अवधिमा गर्न सक्नेछन्। अहिले १८ वर्ष उमेर पुगेका मतदाताको संख्या १ करोड ८१ लाखभन्दा बढी छ, र नामावली संकलन पुनस् सुरु भएपछि यो संख्या अझै बढ्ने अपेक्षा छ।यसअघि असार १६ गतेदेखि नामावली संकलन रोकिएको थियो। जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि चुनावको मिति तोकिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे