
काठमाडौँ, ५ मंसिर । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जना आवेदकहरुले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका हन् । यो मागभन्दा ६.५४ गुणा बढी आवेदन हो ।
जस मध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा आवेदन ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको छ ।
माग भन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँड भएको छ । जस अनुसार २ लाख ७ हजार ५ सय २८ जनाले कम्पनीको शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी ९ लाख ४९ हजार ३९८ जनाको हात भने खालि भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
आइपीओको नतिजा हेर्नका लागि :
१. बिक्री प्रबन्धकको वेबसाइट : http://muktinathcapital.com
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे