
काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नारा लगाएको आरोपमा पक्राउ परी थुनामा रहेका युवालाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा उनले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने बताएका हुन्।
सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लेखेका छन् :‘प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक थियो। सम्माननिय प्रधानमन्त्रीज्यू! आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न / गराउन अविलम्ब पहलको माग गर्दछु ।’
गएको मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री प्रचण्डबिरुद्ध नाराबाजी गरेका थिए । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही ५ हजार रुपैयाँ धरौटी मागेको थियो। तर, उनीहरूले धरौटी तिर्न नमानेपछि जेल चलान गरिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे